-नवराज बुढा 'नवीन उदासी'

जिन्दगीमा तिमीलाई नै पाउने सपना देखेको थिएँ।
नमिट्टिने गरि यो मुटुमा तिम्रै नाम लेखेको थिएँ।

नजाउ भनि भन्न सकिन मेरो मायाँलाई लत्याएर
टाढा-टाढा हुँदा कतै नजर एक झल्को देखेको थिएँ।

रातै  पर्यो  जिन्दगीको  यात्रा गर्दा गर्दै नै दोबाटोमा
पराई ठान्यौ बास माग्न संघारमा पाईला टेकेको थिएँ।

सुकाएरै गयौ मेरो मनमा फुल्ने आँटेको फूललाई पनि
फुल संगै फुल्छौ भनि उर्बर भै काँडेताँरले छेकेको थिएँ।

दु:खमै तड्पाई गयौ तिमीलाई मैले भलाई गर्दा पनि
पिडा जति तिम्रो लागि हाँसेर मैले कति खेपेको थिएँ।